जोडिनुहोस
  • होमपेज
  • मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन काठमाडौंमा आयोजना हुने नेकपाले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका