
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मुलुकमा थिति बसाल्ने संकल्पका साथ आसन्न निर्वाचन केन्द्रीत पार्टीको वाचा पत्र सार्वजनिक गरेको छ ।
बिहीबार सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह लगाएतका नेताहरुले आसन्न निर्वाचन केन्द्रीत पार्टीको वाचा पत्र सार्वजनिक गरेका हुन् ।
रास्वपामा वाचा पत्रमा मुलुकको रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु प्रस्तुत गरिएको छ । रास्वपाले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने, पारदर्शीता, पहुँच र उत्तरदायित्व सुनिश्चित गर्न डिजिटल सर्भिस डेलिभरिको समयवद्ध कार्ययोजना स्वीकृत गरि कडाइका साथ कार्यान्वयन गर्ने, सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन खारेज गर्ने लगाएत उल्लेख छ ।
त्यस्तै संक्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन तत्काल काम गर्ने, आर्थिक रुपान्तरणका लागि नजितामूखी समयबद्ध कार्ययोजना लागू गर्ने समेत वाचा पत्रमा उल्लेख छ ।
वाचा पत्र सार्वजनिक गर्दै रास्वपा सभापति रवि लामिछानेले बहुमतको स्थायी सरकार दिन नसके मुलुक अप्ठेरो ठाँउमा पुग्न सक्ने भएकाले यसको जिम्मा जनतालाई दिएको बताउनुभयो । जनताले खोजेको बिकल्प रास्वपा भएकाले अव देश बनाउनका लागि जनताको साथ प्राप्त हुने उहाको भनाइ छ । लामिछानेले रास्वपाले सरकार बनाएपछि गर्ने काममा जनताले आशंका गर्न नपर्ने दावी गर्नुभयो ।
त्यस्तै रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको बिकासका लागि उत्पादनलाई कम्तीमा पनि देशभर पु¥याउने पार्टी बन्न चाहेको बताउनुभयो । कर्णालीको दुखलाई बेच्ने नेता धेरै आएपनि दुख बुझ्ने नेता आउन नसकेकाले रास्वपा जनताको पार्टी बन्न खोजेको उहाको भनाइ छ । उहाले कर्णालीको प्रचुर सम्भावनालाई बृद्धि गर्नका लागि जनताको साथ प्राप्त हुने धारणा राख्नुभयो ।
रास्वपाले सहकारी बचतकर्ताहरुको पैसा फिर्ता गराउने र सहकारीका सवै समस्याहरु दिर्घकालीन रुपमा समाधान गर्ने







































