मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड

मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड

काठमाडौँ I प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुने बताउनुभएको हो।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँगको भेटमा आज उहाँले सो कुरा व्यक्त गर्नुभएको हो।

परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुरूपका परम्परागत वेशभूषामा उपस्थित हुनुभएको थियो। उक्त वेशभूषाको प्रशंसा गर्दै उहाँले सरकारी कार्यालयहरूमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा पनि राख्नुभयो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार