युडब्ल्यूएस नेपालद्वारा ’शून्य शैक्षिक गरिबी’ को पहल सुरु

युडब्ल्यूएस नेपालद्वारा ’शून्य शैक्षिक गरिबी’ को पहल सुरु

ललितपुर । शिक्षा क्षेत्रको सुधारका लागि काम गर्दै आएको युडब्ल्यूएस नेपालले ’शून्य शैक्षिक गरिबी’ को पहल सुरु गरेको छ । 
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच युडब्ल्यूएस नेपालले “शून्य शैक्षिक गरिबी” परियोजनाको सुरु गरेको घोषणा गरेको हो । त्यस्तै युडव्लुएस नेपालले, “युके एड म्याच चौथो चरणः सिकई देखी कार्यान्वयन सम्म” को समापन भएको जनाएको छ । 


विगत तीन वर्षमा,  युके एड म्याच चौथो चरण परियोजनाले गरिबी, लैङ्गिक असमानता, भौगोलिक विकटता र अपर्याप्त विद्यालय पूर्वाधार समस्यालाई समाधान गर्दै ८ हजार ५ सय ५ बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको युडब्ल्यूएस नेपालका निर्देशक सूर्य कार्कीले जानकारी दिनुभयो । यस पहलले विद्यालय पूर्वाधारहरुलाई सुदृढ बनाउँदै, शिक्षण क्षमता बढाएको र सुधारहरूलाई दिगो बनाउन स्थानीय सरकारहरूसँग दीर्घकालीन साझेदारीलाई सशक्त बनाएको उहाले बताउनुभयो । निर्देशक कार्कीले शैक्षिक परिवर्तन भवन निर्माणका रुपमा देखिएको भन्दै त्यसका कारण शिक्षा क्षेत्रमा भने परिवर्तन हुन नसकेको देखिएको उल्लेख गर्नुभयो । 


कार्यक्रममा स्थानीय शिक्षामा उत्कृष्ट अभ्यास, चुनौती र दिगो समाधानका बारेमा सामुहिक छलफल गरिएको थियो । युडव्लुएस नेपालले हालसम्म २९ नगरपालिकाका ३२१ दुर्गम समुदायहरुमा शैक्षिक रूपान्तरण गरी १०७ विद्यालयहरू मार्फत २०,६९० विद्यार्थीहरुसम्म पहुँच पुराइएको जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार