पेट्रोल प्रतिलिटर २०९ रुपैयाँ, डिजेल २०२ रुपैयाँ

पेट्रोल प्रतिलिटर २०९ रुपैयाँ, डिजेल २०२ रुपैयाँ

काठमाडौं । इण्डियन आयल कर्पोरेसन लिमिटेड आईओसीले इन्धनको मूल्य बढाएर पठाएको छ ।  जुन १६ तारिख बिहीबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।  

यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको छ । नयाँ मूलयसूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।


यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ ।


एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रति सिलिन्डर १८०० बिक्री मूल्यअनुसार निमगलाई प्रति सिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।
नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 14.285714285714%
  • 85.714285714286%

सम्बन्धित समाचार