कागजी प्रक्रिया पूरा गरेर रवि लामिछाने रिहा

कागजी प्रक्रिया पूरा गरेर रवि लामिछाने रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा हुनुभएको छ । 
शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पुगेर आवश्यक कागजी प्रक्रिया पुरा गरेपनि लामिछाने रिहा हुनुभएको हो । रिहा भएपनि अदालतबाहिर समर्थकलाई संक्षिप्त सम्बोधन गर्दै लामिछानेले देशमा न्यायको लडाई अझै बाँकी रहेको बताउनुभयो । देशमाथि गरेको अन्यायको अगाडि आफुमाथि गरेको अन्याय केहि पनि नभएको भन्दै उहाले त्यसको हिसाव मिलाएपछि बाँकी कुरा गर्ने भन्दै बाहिरिनुभएको थियो । 
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर लामिछाने रिहा हुनुभएको हो । 
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई जमानतमा आदेश दिएको थियो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार