काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा पनि कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बिपक्षी सांसदले अवरोध गरेपछि बैठक बिहीबारसम्मका लाथि स्थगित गरिएको हो ।
बैठक सुरु हुने बितिकै बिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले कुलमानलाई हटाएको बिषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । सभामुख देवराज घिमिरेले संसदको कार्यसूचीलाई अघि बढाउन आग्रह गर्नुभएको थियो । उहाले बिपक्षी दलले राखेका बिषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै बैठक सञ्चालन गर्ने वातावरण बनाउन समेत आग्रह गर्नुभयो ।
सभामुखको आग्रहपछि पनि बिपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले बिहीबार ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो । बैठकअघि सभामुख घिमिरेले संसद भवनमा बिपक्षी दलका नेतासंग छलफल गर्नुभएको थियो ।
त्यसक्रममा कुलमानका बिषयमा ऊर्जामन्त्रीले जवाफ दिने सभामुखको प्रस्तावमा बिपक्षी दलका नेताहरुले असहमति जनाएका थिए । उनीहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग रहेको जानकारी गराएका थिए ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?