मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । 

प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित हुनुहुन्थ्यो ।  विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य सहभागी भएनन् । 

नेकपा ९माओवादी केन्द्र०ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।  माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।  सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा  नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । कोशी प्रदेशसभामा नेकपा ९एमाले०का ४०, कांग्रेसका २९, नेकपा ९माओवादी केन्द्र०का १३, राप्रपाका छ, नेकपा ९एकीकृत समाजवादी०का चार र जसपाका एक सदस्य छन् ।  

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार