विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२को गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मुल्केमा उद्घाटन उद्घाटन गरिएको छ।
वुधवार सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न यो पर्यटन वर्ष घोषणा गरिएको बताए । कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुजी निर्माण गरिने बताए । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको उल्लेख गर्दै सबै जातजाति ,धर्म संस्कृतिको जगेर्ना र त्यसको संरक्षणमा अघि बढ्ने बताए । उनले पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताए ।कोशी प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने बताए । उनले यस्ता समस्याहरु समाधान गरेमा पर्यटन प्रवर्धन हुनुका साथै विकास र समृद्धिमा नयाँ मोडमा जाने बताए। प्रदेशमा माङसेबुङ जस्तो पवित्र स्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको हुनाले यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए।
मुख्य मन्त्री कार्कीले सरकारले ल्याएको अध्यादेशबाट निजी क्षेत्र उत्साहित भएको र अझै कानुन सुधार गर्नुपर्ने आवश्यकता रहेको र संघीय सरकारले केही कानुनमा अझै सच्याउनुपर्ने र सुधार गरेर जानुपर्ने अवस्था रहेको बताए । उनले नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारले काम गर्नुपर्ने धारणा राखे
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?