उदयपुरको चौदण्डीगढीमा बजार अनुगमन तीव्र

उदयपुरको चौदण्डीगढीमा बजार अनुगमन तीव्र

अन्जनी कुमार अधिकारी ,  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामिण क्षेत्र तथा बजारहरुमा अनुगमनलाई तिब्र पारेको छ ।
पालिका द्वारा संचालित बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरुमा अनुगमनलाई तिब्रता दिएको हो ।
बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरु बेल्टार, हडिया, शिवाई, बसाहा, बिरेन्द्रबजार क्षेत्र र ग्रामिण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ ।
अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधी पसल, होटल लगायत सबै ब्यबसायमा  छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा पाइएका म्याद नाघेका झन्डै ४१ हजार बढीका समानहरु जफत गरि नष्ट गरिएको छ । पालिकाको बेल्टारमा बजारमा संचालित सन एण्ड विष्णु मेडिकल हल एण्ड पोलिक्लिनिकलाई अनुमति बिनै संचालन गरिएकोमा अनुगमन टोलीले सिल गरेको छ । भने उक्त मेडिकल हललाई ५ हजार जरिवाना समेत गरिएको छ ।
अनुगमन टोलीले चौदण्डीगढी ३ स्थित गुप्ता किराना पसललाई २ हजार, सोही ठाउँको होटल युमालाई ५ हजार, चौदण्डीगढी ४ स्थित दर्ता बिना संचालित रेनुका राई र सम्झना राईको पसललाई २ हजार र १५ सय जरिवाना गरिएको छ भने चौदण्डीगढी ५ को घिमिरे किराना पसललाई ५ हजार, चौदण्डीगढी ५ कै आरुष किराना पसललाई ३ हजार जरिवाना गरिएको छ ।
अनुगमन टोलीले चौदण्डीगढी १० स्थित कोइराला किराना पसललाई २५ सय जरिवाना गरेको छ भने चौदण्डीगढी ६ बेल्टारका बेल्टार डेन्टल क्लिनिकलाई १० हजार र दिब्यान्स फार्मेसीलाई ५ हजार जरिवाना गरिएको छ भने चौदण्डीगढी ७ बेल्टार बजार मै संचालित विवेक मेडिकललाई ३ हजार र ओम शुभम डेन्टल क्लिनिकलाई १० हजार जरिवाना गरिएको छ ।
अनुगमन टोलीले केही पसलहरूलाई चेतावनी दिएको छ । अनुगमन टोलीले कानुन सम्वत सबै खाले दर्ता रहेको नरहेको, म्याद गुज्रिएको समान बेचबिखन गरे नगरेको बिशेष गरि चेकजाँच गर्ने गरेको चौदण्डीगढी नगरपालिका सामाजिक शाखा प्रमुख नवराज बाराले जानकारी दिनु भयो ।   
स्थानीय ब्यापारी ब्यबसायीले भने पछिल्लो समय ब्यापार पूर्णतः धरासायी बनेको बेला बजार अनुगमनको नाममा आफुहरुलाई जरिमान गर्नु राम्रो नभएको बताएका छन् उनीहरुले आफुहरुलाई, नगरपालिका, अन्तशुल्क, कर र घरेलुमा अनिवार्य पसल दर्ता गर्न भनेको भन्दै ब्यवसाय नै धरासायी भैरहेको बेला कुन पैसाले पसल दर्ता गरेर राज्यलाई कर तिर्नु भन्दै प्रति प्रश्न गरेका छन उनीहरुले बजार पूर्णतः सुचारु भए आफुहरु राज्यलाई कर बुझाउन तयार रहेको समेत बताएका छन् ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार