कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीद्वारा राजीनामा

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीद्वारा राजीनामा

मोरङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले मन्त्रीपदबाट राजिनामा दिनुभएको छ । 

प्रदेश सरकार र संघिय सरकारबाट अनुमति नगराई जापान भ्रमणमा गएको विषय सार्वजनिक भएपछि आफुले नैतिकताका आधारमा राजिनामा दिएको मन्त्री अधिकारीले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिनुभयो । उहाँले आफुबाट सामान्य त्रुटी भएको भएपनि नैतिक विषय उठिसकेपछि राजिनामा दिएर मार्गप्रशस्त गरेको बताउनु भयो । 
उहाँले राजिनामाका लागि कतैबाट राजीनामा नआएको बरु नैतिकताको खडेरी लागेका बेला आफुले नैतिकता देखाएर राजिनामा दिएको स्पष्ट पार्नुभयो ।  

जापानको टोकियो महानगरपालिकाको व्यक्तिगत निमन्त्रणामा जापान जान लागेको भएपनि सन्दिग्ध व्यक्तिहरु समेत सो कार्यक्रममा जान लागेको थाहा पाएपछि आफु हङ्कङबाट फर्किएको मन्त्री अधिकारीले बताउनुभयो । 
आफुलाई अक्टोबर ३० देखि नोभेम्बर ३ सम्मका लागि व्यक्तिगत निमन्त्रणा आएको र त्यति बेला प्रदेश क्याबिनेट बस्ने अवस्था नभएकाले आफुले अनुमति नगराएको उहाले बताउनुभयो । मन्त्री अधिकारीले बुधवार नै मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा पत्र बुझाईसक्नु भएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार