हातिको आक्रमणमा परि चार घाईते

हातिको आक्रमणमा परि चार घाईते

झापाको हल्दिबारी गाउँपालिका ५ मा जंगली हात्तीको आक्रमणबाट चार जना घाइते भएका छन् । हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २ः१५ बजे चारकोशे जलथलबाट निस्केको जंगली हात्तीले आक्रमण गर्दा दुई परिवारका चार सदस्य घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका झापा प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुको भद्रपुर स्थित मेची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीय प्रह्लाद सिलवालले बताउनुभयो । हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पु¥याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको उहाँको भनाई छ । आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जंगल आसपासका बासिन्दा त्रसित बनेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार