उदयपुर १ मा रोकिएको मतगणना सुचारु गर्न आयोगको निर्देशन

उदयपुर १ मा रोकिएको मतगणना सुचारु गर्न आयोगको निर्देशन

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले  निर्देशन दिएको छ । गणनाको क्रममा हिजो (आइतवार) खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १(२) प्रदेश सभाको १०० मतपत्र भेटिएपछि  गणना रोकिएको थियो । 


६३ हजार ८० मत गणना भइसकेपछि प्रदेश सभाको मतपत्र भेटिएको हो ।  प्रदेशको एक सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका थिए । बिहान सर्वदलीय बैठक बसे पनि सहमति हुन नसकेपछि गणना रोकिएको थियो । 


आयोगले गणना गर्नुपूर्व भएको सहमतिलाई आधार मानेर गणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । ६३ हजार ८० मत गणना भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%

सम्बन्धित समाचार