उदयपुर १ (२) मा कांग्रेसका हिमाल कार्की निर्वाचित

उदयपुर १ (२) मा कांग्रेसका हिमाल कार्की निर्वाचित

अन्जनी कुमार अधिकारी, उदयपुर । उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश २ बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन्। कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इश्वरमणी राउतलाई २१५ मतान्तरले पराजित गर्नु भएको हो। 

कार्कीले १४ हजार ९७९ मत ल्याउदा राउतले १४ हजार ७६४ मत पाएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुबेदीले जानकारी दिए। कार्की नेपाली कांरेसबाट गठबन्धका साझा उमेदवार हुन।

उदयपुर १ प्रदेश सभा निर्वाचन क्षेत्र २ अन्तर्गतको त्रियुगा नगरपालिकामा ३७ हजार २६७ खसेको थियो । खसेको मत मध्ये १४५३ मत बदर भएको छ। 
निर्वाचित हिमाल कार्की उदयपुर कांग्रेस सभापती तथा प्रदेश सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 50%

सम्बन्धित समाचार