नेपालमा थप ३ सय ४७ जनामा कोरोना, दुई जनाको मृत्यु

नेपालमा थप ३ सय ४७ जनामा कोरोना, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
देशभर गरिएको २ हजार ३ सय ६० पिसिआर परिक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ९५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार १ सय ७७ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार