ललितपुरको भनिमण्डलमा विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर

ललितपुरको भनिमण्डलमा विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर

ललितपुर । ललितपुरको भनिमण्डलमा विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 
हिमालयन इन्टरनेशनल आइडल स्कुल र सरोकार टेलिभिजनको आयोजनामा ललितपुरको भनिमण्डलमा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा शिविरमा बिशेष गरि विशेषज्ञ चिकित्सकद्वारा प्रसुती तथा स्त्री रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नसा, नाक काँन र घाँटी, लगायत धेरै रोगहरूको उपचार गरिएको थियो । रोगहरुको उपचारपछि निशुल्क औषधी बितरण गरिएको स्कुलका अध्यक्ष रामकाजी रानामगरले जानकारी दिनुभयो । 


बृहत् स्वास्थ्य शिविरमा आँखाको बिशेष जाँचका साथै पावर भएको चश्मा निशुल्क वितरण गरिएको रानामगरले बताउनुभयो । शिविरका लागि हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं समाजसेवी नारायण श्रेष्ठले निशुल्क चश्मा उपलव्ध गराउनुभएको हो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार