पहिलो टी–२० खेलमा नेपालको शानदार जित, वेस्टइन्डिज ए पराजित

पहिलो टी–२० खेलमा नेपालको शानदार जित, वेस्टइन्डिज ए पराजित

काठमाडौं ।  वेस्ट इन्डिज ए विरुद्धको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । 
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कप्तान रोहित पौडेलको शतकमा नेपालले वेस्ट इन्डिज ए लाई चार विकेटले पराजित गरेको हो । जितका लागि २०५ रनको लक्ष्य पछाएको नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याच भए । 


त्यसअघि टस हरेर पहिला ब्याटिङ् गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । जितसंगै नेपालले ५ खेलको सिरिजमा १–० ले अग्रता कायम गरेको छ । सिरिजको दोस्रो खेल आइतबार हुने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार