खगेन्द्र प्रसाद र रुद्रकलीलाई कतार पठाउने तयारी, माउत, फनित र पछुवा पनि संगै जाने

खगेन्द्र प्रसाद र रुद्रकलीलाई कतार पठाउने तयारी,  माउत, फनित र पछुवा पनि संगै जाने

ईश्वर जोशी, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई हातीलाई कतार पठाइने तयारी गरिएको छ । 
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा केहि अघि  नेपाल भ्रमणमा आउनु भएका कतारका राजा अमिर शेख तामिम विन हमाद अल थानीलाई नेपाल सरकारले २ वटा हात्ती उपहार दिने निर्णय पछी २ निकुञ्जका दुई हात्तीलाई कतार पठाउने तयारी गरिएको हो । चितवनमा जन्मीएका खगेन्द्र प्रसाद र रुद्रकली हात्ती कतारका राजालाई उपहार दिईए पछी उक्त हात्तीहरु लैजाने तैयारी भईरहेको हो । खगेन्द्र प्रसाद कोशीकलीका छावा हुन भने रुद्रकली पुजाकलीकी छावा हुन् । उक्त २ हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा तालिम दिईएका हात्ती हुन् । नेपाल बाट हात्ती उपहार दिन लागेको यो पहिलो भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले बताउनुभयो ।  कतार पठाउन लागिएको दुबै हात्तीको स्वास्थ्य अबस्था राम्रो रहेको र दुबै हात्तीहरु तालिम प्राप्त रहेको उहाले बताउनु भयो । खगेन्द्र प्रसाद साढे ४ बर्ष र रुद्रकली साढे ५ बर्ष उमेरका रहेका छन् ।

रुद्रकली जन्म भएको ३ महिना पछी पुजाकली मृत्यु भएको र सानै देखी आफैले पालन पोषण गर्दै आएको र रुद्रकली निडर आदेशको पालना अनुशासन पुर्बक गर्ने हात्ती भएको पछुवा रामदत्त चौधरीले बताउनु भयो । 


कतार लान तयारी अबस्थामा राखिएको खगेन्द्र प्रसादको १ हजार १ सय ९० केजी र रुद्रकलीको वजन १ हजार २ सय केजी वजन रहेको छ । उक्त हातीहरुलाई खोरमा राखेर काठमाण्डौ सम्म ट्रकमा र काठमाण्डौ बाट कार्गो जहाजमा लगिने जनाएको छ । तर हात्ती कतार लगिने निश्चित भए पनि कहिले लाने हो भन्ने मिति तय भई नसकेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक सरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताउनु भयो । हात्ती पठाउनको लागि पुर्ब तयारी भईसकेको उहाले बताउनु भयो । कतारमा पठाईने हात्ती सगै २ हात्तीको लागी  माउत, फनित र पछुवा गरी ६ जना कर्मचारी हात्ती सगै पठाउने तयारी निकुञ्जले गरेको छ । हात्ती प्रजनन् केन्द्रको आकर्षणको रुपमा रहेको खगेन्द्र प्रसादलाई कतार पठाउने खबर आफु चिन्तित भएको माहुत जदु सिंहले बताउनु भयो ।


नेपालले सन् १९८५ देखी २०१८ सम्ममा २६ वटा दुर्लभ एक सिंगे गैडा र १९९० देखी २००४ सम्ममा १० घडीयाल गोही बिभिन्न देशहरुमा उपहार प्रदान गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु बिभागको बार्षीक प्रतिबेदनमा उल्लेख रहेको छ । नेपालमा निजी घर पालुवा हात्ती ७२ र चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन् । जगली हात्ती ६० देखि ६५ वटा रहेको अनुमान रहेको छ ।  

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार