गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अन्तिम अल्टिमेटम

गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको अन्तिम अल्टिमेटम

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनको अर्को बैठकमा संसदीय छानबिन समिति गठन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । 
प्रतिनिधिसभाको बुधबारको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदको आगामी बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अल्टिमेटम दिदै समिति गठन नभए कांग्रेस चूप लागेर नवस्ने स्पष्ट पार्नुभयो । 

महामन्त्री शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्युनतम शर्त रहेको बताउनुभयो । कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदैछ भनेर प्रचार भइरहेको भन्दै उहाले सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राख्नुभयो । शर्माले कांग्रेसले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध गर्नुपर्ने परिस्थीति आउने बताउनुभयो । 

उहाले आफुहरुले गृहमन्त्रीको राजीनामा माग गरेको नभई गृहमन्त्रीलाई संसदीय छानविन समितिमार्फत आफ्ना बिषयमा प्रष्ट पार्ने मौका दिन खोजेको जिकिर गर्नुभयो ।  
गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै उहाले सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा आएर बहस गर्न चुनौति दिनुभयो । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै कांग्रेसले लगातार सदनमा अडान राख्दै आएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार