सरोकार टेलिभिजन र हिमालयन इन्टरनेशनल आइडल स्कुलले निशुल्क स्वास्थ्य शिविर गर्दै

सरोकार टेलिभिजन र हिमालयन इन्टरनेशनल आइडल स्कुलले निशुल्क स्वास्थ्य शिविर गर्दै

ललितपुर । शनिबार ललितपुरको भनिमण्डलमा विशेषज्ञ सेवासहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
हिमालयन इन्टरनेशनल आइडल स्कुल र सरोकार टेलिभिजनको संयुक्त आयोजनामा ललितपुरको भनिमण्डलमा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । स्वास्थ्य एक मौलिक माधन अधिकार हो भन्ने नाराका साथ बृहत् स्वास्थ्य शिविर आयोजना गर्न लागिएको स्कुलका अध्यक्ष रामकाजी रानामगरले जानकारी दिनुभयो ।

शिविरमा शिविरमा बिशेष गरि विशेषज्ञ चिकित्सकद्वारा प्रसुती तथा स्त्री रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नसा, नाक काँन र घाँटी, लगायत धेरै रोगहरूको उपचार हुने उहाले बताउनुभयो । रोगहरूको उपचारपछि निशुल्क औषधी बितरण हुने आयोजकले जनाएको छ ।

बृहत् स्वास्थ्य शिविरमा आँखाको बिशेष जाँच हुने र पावर भएको चश्मा निशुल्क वितरण हुने बताइएको छ । शिविरका लागि हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष एवं समाजसेवी नारायण श्रेष्ठले निशुल्क चश्मा उपलव्ध गराउनुभएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार