जोडिनुहोस
  • होमपेज
  • एसिसी प्रिमियर कपमा नेपालको लगातार दोश्रो जित, मलेसिया ६ विकेटले पराजित

एसिसी प्रिमियर कपमा नेपालको लगातार दोश्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौं : एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०४ रनको विजय लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गरेको हो।

मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी वाइएसडी ओभरमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो।
मलेसियाले दिएको लक्ष्य पूरा गर्न नेपालका ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ४५ रनको अविजित पारी खेले। उनले ६८ बलमा ४ चौका प्रहार गरे। ईशान पाण्डेले २० रन बनाउँदा रोहित कुमार पौडेलले १० रन बनाए। दिपेन्द्र सिंह ऐरी १२ रनमा अविजित रहे।

मलेसियाको लागि बलिङतर्फ, कप्तान सैद अजिज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको मलेसियाको लागि कप्तान सैद अजिजले सर्वाधिक ३० रन बनाए। उनले ४९ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरे।

ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाका ओपनरद्वय दुवै चलेनन्। सैफउल्लाह मलिक र नाज्मुस सकिब क्रमश: ९ र ३ रन बनाउँदै पेबिलियन फर्किए। वान डाउनमा आएका अकिल वहिदले २४ रन बनाए। मोहम्मद सदाकतले १३ र विरनदिप सिंहले १४ रन बनाए। त्यसपछि आएका तीन ब्याटर सस्तैमा समेटिए कप्तान अजिजले क्रिज सम्हाल्दै पारीलाई अगाडि बढाउने कोसिस गरे।

नेपालका लागि बलिङ तर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए । ललित राजबंशीले २ विकेट लिँदा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए। नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका