जोडिनुहोस
  • होमपेज
  • कैलाश मानसरोवर यात्रामा गएका अतुल दाससहित ६४४ जना सम्पर्कविहीन

कैलाश मानसरोवर यात्रामा गएका अतुल दाससहित ६४४ जना सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि कैलाश मानसरोवर यात्रामा गएका ६४४ जना सम्पर्कविहीन भएका छन् ।
उनीहरूको नामनामेसीसमेत प्राप्त भएको जनाइएको छ। सम्पर्कविहीनमध्ये १२७ जना नेपाली नागरिक रहेका छन् भने बाँकी विदेशी नागरिक हुन्। सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। जी इन्टरटेन इन्टरप्राइजेजका पूर्वप्रमुख कार्यकारी अधिकृत अतुल दास र उनकी पत्नी पायल दाससहित ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएका ६८ जना सम्पर्कविहीन रहेको इपिक टीभीका डिस्ट्रिब्युसन प्रमुख शिवु चाकोले जानकारी दिएका छन्। बालुवाटारस्थित ऋचा टुर्स एण्ड ट्राभल्सका समीर गाइजुका अनुसार उक्त ट्राभल्समार्फत गएका ६१ जना भारतीय र ७ जना एनआरआई सम्पर्कविहीन छन्। यस्तै, यात्रामा संलग्न १८ जना ट्रेक्सका कर्मचारी समेत सम्पर्कविहीन रहेको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका