काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन् । पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा छ ।
नयाँ नेतृत्व छनोटका लागि मतदान जारी रहदा उम्मेदवारका समर्थकहरुले प्रचारप्रसार गरिरहेका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?