एमाले महाधिवेशन–नेतृत्व चयनका लागि आज मतदान

एमाले महाधिवेशन–नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ । 
नयाँ नेतृत्व चयनका लागि महाधिवेशन स्थल भकृटिमण्डपमा अपरान्हदेखि मतदान सुरु गर्ने तयारी गरिएको हो । यसअघि मध्यान्ह १२ बजेदेखि मतदान सुरु गर्ने भनिएतापनि प्राविधिक कारण मतदानको समय केहि ढिलो हुने एमाले महाधिवेशन प्रचार समितिले जनाएको छ । मतदान अघि नेताहरुले प्रतिनिधिसंग आफ्नो पक्षमा मत मागिरहेका छन् । 

नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक समेत भइसकेको छ ।  पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ । तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । महाधिवेशनमा २२६२ प्रतिनिधि सहभागी छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार