काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु भएको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा हजारौ एमाले कार्यकर्तालगाएत शुभेच्छुकहरु सहभागी भएका छन् ।
महाधिवेशनको बन्दसत्र भने आइतबार र सोमबार भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ । पार्टीले महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्वको रूपमा लिएको छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?