ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरुलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृति अब अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडियार र युवा सम्वादमा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरुलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृति अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
बिगतदेखि दलहरुमा एउटै व्यक्ति हावी हुने र युवालाई निषेध गर्ने प्रवृति अन्त्यका लागि युवाहरुले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राख्नुभयो । उहाले अहिले भइरहेका राजनीतिक दलहरुका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाँउ र युवाहरुलाई अगाडी बढ्न नदिएको यथार्थ भूल्न नमिल्ने बताउनुभयो ।
अहिलेका युवाहरु कुनै वादको बन्धक बनेर नबस्ने उहाले बताउनुभयो । उहाले नेपाली राजनीतिमा युवाहरुको जवरजस्त उपस्थीति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।
मन्त्री खरेलले यसपटक मुलुकको परिवर्तनका लागि जेनजीहरुले निस्वार्थ रुपमा आन्दोलन गरेको बताउनुभयो । मुलुकलाई भ्रष्टाचारमुक्त बनाउदै सुशासनतर्फ अघि बढाउने माग युवाहरुले राखेपनि आन्दोलनपछि बनेको सरकारमा जेनजी युवाहरु आउन नचाहेको उहाले बताउनुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?