मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ । 
शुक्रबार मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । त्यसअघि शुक्रबार नै यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो । मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी दलको समर्थन छ । 

मुख्यमन्त्री नियुक्त भएपछि यादवले आफु प्रदेशको पाचौ मुख्यमन्त्री भएकाले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामलाई सच्चाउदै अघि बढ्ने बताउनुभयो । मुख्यमन्त्री हेरफेरका लागि भएका गतिविधिले जनतामा छाएको निराशालाई चिर्ने उहाले बताउनुभयो । 

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले बुधबार सर्वोच्चको परमादेशअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त भएसंगै अव यादवले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार