चूनौतिलाई पनि टाउकोमा टेकेर अघि बढ्ने एमालेको उद्घोष

चूनौतिलाई पनि टाउकोमा टेकेर अघि बढ्ने एमालेको उद्घोष

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चूनौतिको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताउनुभएको छ । रोल.......
संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेनजी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चूनौतिको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताउनुभएको हो । 
एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उहाले बताउनुभयो । उहाले अहिले देखिएको चूनौतिलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गर्नुभयो । 
पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलव्धीहरु खोसिन सक्ने भन्दै यसबारे सचेत हुन जरुरी रहेको बताउनुभयो । 
त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको टिप्पणी गर्नुभयो ।  राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पु¥याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उहाँले बताउनुभयो । नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम गरेको उहाँको दाबी छ ।
उहाले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने बताउनुभयो । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उहाँले एमाले फेरी उठ्ने दाबी गर्नुभयो । 


 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सम्बन्धित समाचार