मुगु जिल्लाको ताल्च विमानस्थलमा टर्मिनल भवन नबन्दा सास्ती

मुगु जिल्लाको ताल्च विमानस्थलमा टर्मिनल भवन नबन्दा सास्ती

कविराज कार्की, मुगु । मुगु जिल्लाको ताल्च विमानस्थलमा करिव २ दशक भन्दा बढी समय  बिति सक्दा  पनि समयमा टर्मिनल भवन नबन्दा हवाई यात्रु र विमान उडान र अवतरण कार्यमा असहज भएको छ । 
२ हजार ६० सालमा कच्चि धावनमार्ग निर्माण गरेर परिक्षण उडान बाट सूरु भएको ताल्च विमानस्थल २०७२ सालमा कालो पत्रे समेत भै कुनै दिन ६ वटा उडान समेत हुदा पनि टर्मिनल भवन नहुँदा हवाई यात्रु लगायत उडान सम्बन्धि कार्यहरुमा समस्या पर्ने गरेको पाईएको छ । 
दुर्गम जिल्लाको जोखिमयुक्त विमानस्थलहरु मध्येको ताल्च विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि आर्थिक बर्ष २०७८÷०७९ मा सम्पन्न गर्ने गरी करिव ८ करोड ६५ लाखमा ओमबुध्द इन्टरनेशनल कन्स्ट्रक्सनले ठेक्काको जिम्मा लिए पनि हाल सम्म सम्पन्न नगर्दा हवाई उडान र अवतरण सम्बन्धि कामहरु प्रभावित हुदै आएको देखिन्छ ।
करिव ५ देखि ६ बर्षको अन्तरालमा मुस्किलले टर्मिनल भवन ठडिए पनि बाँकी काम सम्पन्न हुने अझै टुङ्गो लागेको छैन । 

होचो र पुरानो काठको टहरामा सिमित उपकरणको सहायताले जहाज उडान र अवतरण अनुमति दिन निकै जोखिमपूर्ण कार्य भएको नागरिक उड्ड्ययन कार्यालय रारा ताल्च मुगुका  कार्यालय प्रमुख रमिल बरियाले बताउनुभएको छ ।  

हवाई यात्रुको सामान चेकजाँच र तौल लिने काम सहित जहाजको प्रतिक्षा समेत खुला ठाँउमा बसेर गर्नु पर्दा पानी परेको समयमा ओत लाग्ने ठाँउ समेत नहुदा यात्रुहरुले सकस व्यहोर्नु परेको दुखेसो व्यक्त गर्दै आएका छन् । 
हवाई यात्राका लागि नेपालगंज सूर्खेत लगायतका ठाँउहरुमा जाने यात्रुहरुको सामान चेकजाँच लगायतका प्रकृयाहरु पुरा गर्न झोला झाम्टाहरु बोकेर विमानस्थल पार गरी माथि उक्लिनु पर्छ भने जहाज अवतरण पछि ताल्च झरेका यात्रुहरु आफ्नो गन्तव्य तिर जान समेत पुन विमानस्थल पार गर्न पर्ने कारणले विमानस्थलको सुरक्षामा समेत चुनौति हुने गरेको छ ।
विमानस्थल जाने सुरक्षित मोटरबाटो र यथाशक्य टर्मिनल भवन सम्पन्न गरी हवाई यात्रा सहज र सुरक्षित बनाउन सरोकारवाला निकाय र आम नागरिकहरुले सम्बन्धित पक्षहरु संग जोडदार माग गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार