पशुपतिमा हरितालिका तीजको सम्पूर्ण तयारी पुरा, दुई सेकेण्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने

पशुपतिमा हरितालिका तीजको सम्पूर्ण तयारी पुरा,  दुई सेकेण्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ । 
पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो । 
मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकार अनिता भट्टले जानकारी दिनुभयो । यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट बागमति नदि पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उहाले बताउनुभयो । दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने  भट्टले  जानकारी दिनुभयो । उहाँले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गर्नुभयो । 

त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले सोहि दिन पशुपतिको चावटा ढोकाबाट प्रत्येक दुई सेकेण्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गर्नुभयो । नदि किनारमा पानीको बहाव बढेकाले बिपद् प्रतिकार्य टोली खटाइएको उहाले जानकारी दिनुभयोे । 

यसैगरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको कोषले बताएको छ । जेष्ठ नागरिक, असक्त,  बृद्धबृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरुका लागि सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ । 

फाेटाे वेव
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार