किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत भेटिएको विषयमा छानविन गर्न सभामुखको निर्देशन

किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत भेटिएको विषयमा छानविन गर्न सभामुखको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९किट० विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । 

सभामुख घिमिरेले अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को घटनाले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको विषय भएको भन्दै सरकारलाई यस घटनाको सत्यतथ्य पत्तालगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।  

बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९किट० विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो । 

सांसदहरु देवेन्द्र पौडेल, डा। अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइराला,  लगायतका सांसदले प्रिसा साह र केही समयम अघि मात्रै प्रकृति लम्सालको भारतको किट विश्वविद्यालयमा भएको घटना सामान्य नभएको भन्दै निष्पक्ष छानविन गर्न माग गर्नुभयो । 

सांसदहरु लालविर चौधरी र महन्थ ठाकुरले पूर्व सांसद रेशम चौधरीलाई अपहरण शैलीमा पक्राउ गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै फर्जी पुर्जी काटिएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न माग गर्नुभयो ।

बैठकमा सांसद सिताकुमारी लामाले दैलेखमा चट्याङबाट नागरिकलाई सुरक्षित गराउन पूर्व सङ्केतको व्यवस्था गर्न र सांसद विन्दवासिनी कंशारले हेटौडा उपमहानगर पालिका गैरी गाउँमा माछा बोक्ने गाडी भासिएर हराएको र पानी भरिएपछि गाडी नभेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जमिनको अवस्था अध्ययन गरी घटना दोहोरिन नदिन माग गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार