अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर – स्वास्थ्यमन्त्री पौडेल

अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर – स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । 
एन अटिजम केयर फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले अटिजम भएका व्यक्तिहरुलाई आवश्यक सेवा प्रदान गर्ने सम्बन्धमा समिति नै बनाएर अध्ययन भइरहेको समेत उहाले बताउनुभयो । अटिजम भएका व्यक्तिहरुका लागि नियम र निर्देशिका बनाउन जरुरी रहेको उहाको भनाइ छ । उहाले टिकापुरमा अटिजम भएका व्यक्तिहरुलाई राख्ने केन्द्र बनाउने तयारी भएको जानकारी दिनुभयो । 
अबको बजेटसम्म समितिको प्रतिवेदनमा विद्यालय खोल्ने, थेरापी खोल्ने र अटिजम भएका समूदायलाई सेवा प्रदान गर्नका आवश्यक काम गर्ने उहाकाले जानकारी दिनुभयो । 
मन्त्री पौडेलले अटिजम भएका बालबालिकाको सहयोगार्थ एन अटिजम केयर फाउन्डेसनले गरेको कामको प्रसंसा गर्नुभयो । एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउने भएको छ । 

जुबिन नौटियालको कन्सर्ट यहि फाल्गुनको १७ गते हयात होटलको आँगनमा हुनेछ ।  फाउण्डेसनकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार कन्सर्टबाट प्राप्त सबै आम्दानी फाउण्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ खर्च गर्नेछ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार