वीरगंज। वीरगंज महानगरपालिका क्षेत्रमा झाडा पखाला र बान्ता भई अस्पतालमा भर्ना भएका २ सय ५४ जना बिरामी मध्ये आज सोमबार बिहान सम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको तथ्यांकअनुसार, आइतबार ४२ जनामा पुष्टि भएको सङ्क्रमण सोमबार बिहान सम्म थप २९ जना बिरामी थपिएका छन् ।
वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, सङ्क्रमितहरू वडा नम्ब(३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् ।
सङ्क्रमितहरू विभिन्न अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जनामा हैजाको संक्रमण देखिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?