मुगु ।केही बर्ष यता मुगु जिल्लामा बर्षेवाली लगाउने उपयुक्त समय असार महिनामा खडेरीको प्रकोप क्रमस बढदै जान थाले पछि भनेको बेला वाली लगाउन नपाउदा किसानहरुमा चिन्तित बन्न थालेको छन् ।
खडेरीले जमिन सुख्खा बन्दै गएको र पानीको श्रोतहरु समेत यतिबेला घट्दै जान थालेका छन् । असार १५ को अवसरमा कृषि विकास कार्यलय मुगुले आयोजना गरेको २१औं राष्ट्रिय धान दिवस कार्यक्रममा कर्मचारी र बजारवासी हिलो खेलेर रमाईलो गरे पनि किसानहरु भने उत्साहित देखिएका थिएनन् ।
पहिले कुलोबाट आएको पानीले एकै पटक खेत टम्म भरीएर रोपाई गर्दाको मजा र अहिले पाइप ल्याएको थोरै पानीले खेत भरिन लाग्ने समयले किसानहरु दिक्क बन्ने गरेका छन् ।
असारको मध्य हुदा समेत पानी नपरेर मुगुका वन पाखाहरु उजाड र नाङ्गा देखिएका छन् भने गह्रामा लगाइएका धान तथा कोदोको बेर्नाहरु समेत सुकेर नष्ट हुने अवस्थामा पुगेको देखिन्छ ।
असारमा रोपी सक्नु पर्ने जीउलो खडेरीका कारण न त धान रोपाई हुन सकेको छ न त कोदो नै सार्न सकिएको छ भन्दै किसानहरु चिन्तित बनेका छन् ।
यतिबेला सडक निर्माणको क्रममा ठाँउ ठाँउमा एस्काभेटर द्वारा जमिन छेद विछेद बनेका कारण र जथाभावी वन डढेलो लगाउनाले चर्को खडेरीले पानीका श्रोत सुक्तै गएको अनुमान गरिएको पाइन्छ ।
जलवायु परिवर्तन तथा वन जंगल माथी स्थानीयहरुको अस्वभाविक गतिविधिलेले कैलै खडेरी त कैले वाढी पैरो जस्ता विपतहरु निम्तिदै जान थालेका देखिन्छन् ।
अधिकाँश जनसंख्या खेतीपातीमा निर्भर हुने गरेको मुगुमा पछिल्लो समय खडेरीको प्रकोप बढ्दै जान थाले पछि स्थानीयहरु के गरेर पेट पाल्ने भन्ने चिन्तामा देखिन्छन् ।
स्थानीय पाकापुस्ताहरु अहिलेका मानिसहरु धर्मछाडा र कुकर्ममा लाग्न थालेकाले बाडी पैरो र खडेरी जस्ता प्रकोपहरुले संङ्कट निम्तिदै गरेको बताउछन् ।
खडेरी लम्बिदै गएमा अन्न उत्पादन न्युन भै काहाली लाग्दो भोकमरीको सामना गर्नु पर्ने हो कि भन्ने पिरले स्थानीयवासीहरु निरास बन्न पुगेको देखिन्छ ।
कविराज कार्की सरोकार टेलिभिजन मुगु ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?