अञ्जनी कुमार अधिकारी, उदयपुर । सुनसरीको चतराधाममा आयोजना भएको बाह्र वर्षे पूर्णकुम्भ मेलाको समापन गरिएको छ । गत २०८० चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेर सुरु गरिएको बाह्र वर्षे पिण्डेश्वर पूर्णकुम्भ मेलाको शुक्रबार समापन गरिएको हो । तथापि एक महिने महाकुम्भको शनिबार होम गरेर पूर्णतः समापन गरिएको छ ।
समापन कार्यक्रममा कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नुभएको थियो ।
एक महिना सम्म संचालन भएको बाह्र वर्षे पूर्णकुम्भ मेलाका लागि सङ्घीय सरकारले ७० लाख रुपैया र प्रदेश सरकारले ५५ लाख रुपैया प्रदान गरेको थियो । भने छिमेकी पालिकाहरुले समेत आर्थिक सहयोग गरेका थिए ।
प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।
यो वर्ष आयोजना गरिएको पूर्णमहाकुम्भ मेलाले अर्थतन्त्रमा समेत ठुलो उपलब्धि गरेको जानकारहरुको भनाई छ । एक महिने कुम्भम झण्डै एक करोड भत्तले कुम्भ स्नान गरेको बताइएको छ । दैनिक ४ देखी ६ लाख सम्म भक्तजनको उपस्थितिले नेपालीमा धार्मिक आस्था र श्रद्धा अत्यन्तै रहेको पुष्टि भएको पूर्णमहाकुम्भ मेला मूल आयोजक समितिका अध्यक्ष समेत रहनु भएका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनु भयो । बाह्र वर्षे पूर्णमहाकुम्भ मेलामा यसपटक देशका ७७ वटै जिल्ला र छिमिकी मुलुक भारत, भुटान लगायतका राष्ट्रबाट भक्तजनहरु आएका थिए भएने अमेरिका, अष्ट्रेलिया, नर्वे लगायतबाट समेत नेपाली भाषी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको पूर्णमहाकुम्भ मेला प्रचारप्रसार समितिका संयोजक शुनिल भट्टराईले जानकारी दिनु भयो । वहाँका अनुसार यो बर्षको पूर्णमहाकुम्भ मेला आयोजकले सोचे भन्दा पनि निकै उत्साहित तरिकाले सम्पन्न भएको छ । कुम्भ प्रचारप्रसार समितिका संयोजक भट्टराईका अनुसार कुम्भलाइ अझै भब्य बनाउन नेपाल सरकारले धरान, चतरा, बराहाक्षेत्र सडक व्यवस्थिति अनि फराकिलो बनाउनु पर्ने बताउनु भयो । वहाँका अनुसार भक्तजनले कुम्भ स्नान गर्नेठाउँमा ब्यास्थित स्नान घाट निर्माण र भक्तजनका लागि ब्यबस्थित धर्मशाला समेत बनाई दिनु पर्ने बताउनु भयो ।
यो कुम्भमेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेको पाइन्छ तथापि हाल सम्म ५ वटा स्थान मात्र कुम्भ मेलाको आयोजना हुँदै आएको छ । ५ स्थान मध्ये भारतका ४ ठाउँमा प्रत्येक ३–३ वर्षको अन्तरालमा कुम्भ मेला लाग्दै आएको छ भने एक कुम्भ स्थल नेपालमा लाग्न थालेको छ । भारतको इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड)मा मेला लाग्दै आएको छ भने नेपालको चतराधाम बराहक्षेत्रमा १२–१२ वर्षमा पूर्णमहाकुम्भ मेला आयोजना हुदै आएको छ ।
सप्तकोशी नदि र कोकाह खोलाको किनारमा रहेको बराहक्षेत्र मन्दिर धरतीकै पहिलो धाम भएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको भनाई छ । बराहामन्दिर परिसरमा समेत यसलाई धरतीकै पहिलो तीर्थ भनेर लेखिएको छ । पौराणिक र ऐतिहासिकरूपमा महत्त्वपूर्ण मानिएको यो सुन्दर क्षेत्र प्रचारप्रचारको अभावले संसारभरका हिन्दु अनुयायीमाझ भने पुग्न नसकेको स्थानीयवासी बताउँछन् ।
बराहक्षेत्रलाई हिन्दु र किराँत धर्मावलम्बीले आफ्नो तीर्थ स्थलका रुपमा मान्छन् । बराहक्षेत्र धाममा १५ सय वर्ष पुराना पुरातात्त्विक महत्त्वका मूर्तिहरु रहेका छन् । बराहक्षेत्र पितृश्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक अभीष्टका लागि गन्तव्यको रुपमा मानिन्छ । प्राचीनकालदेखि गङ्गा, गोदावरी र शिप्रा नदीमा कुम्भस्नानको आयोजना हुँदै आएकामा तीन दशकअघि कोशी नदीमा कुम्भस्नान प्रारम्भ भएको हो ।
चतरामा २०५९ मा पहिलो र २०७० मा दोस्रो पूर्ण कुम्भ सम्पन्न भयो । प्रत्येक १२ वर्षमा आयोजना हुने पूर्ण कुम्भमेला यस वर्ष २०८० को चैत २७ गते प्रारम्भ भएर यही २०८१ वैशाख २८ गते सम्पन्न भएको हो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?