मजदुर दिवसले छोएन कृष्ण बहादुरलाई

मजदुर दिवसले छोएन कृष्ण बहादुरलाई

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवस बिभिन्न श्रमिक संगठनहरुले बिभिन्न कार्यक्रम गरि मनाएका छन् । श्रमिक दिवसका दिन केहि श्रमिकहरु आफ्नो कामै छाडेर दिवस मनाउन उपस्थीत भए । दिवसका अवसरमा काठमाडौमा निकालिएको र्यालीमा केहि मजुदुर गाडा रिक्सा लगाएत लिएर नै सहभागी भए । तर दैनिक जिवनयापन गरेर गुजारा चलाउने केहि मजदुरहरु भने आफ्नै काममा व्यस्त भएका थिए । मजदुर संगठनले काठमाडौंको सुन्धरा क्षेत्रमा र्यालीको आयोजना गरिरहदा ओखलढुंङ्गाका कृष्ण बहादुर बस्नेत भने आफ्नै काममा व्यवस्त थिए । 

काठमाडौंमा भारी बोक्दै आएका कृष्ण बहादुरले आफुलाई मजदुर दिवस मनाउने फुर्सद नभएपनि शुभकामना भने दिन भ्याउनुभयो । आफुलाई गाँउमै कामको अवसर प्राप्त भएको भए भारी बोक्न काठमाडौं आउनुपर्ने अवस्था नहुने भन्दै उहाले सरकारसंग गुनासो गर्नुभयो । उहाले आफ्नो गाँउबाट धेरै नेताहरु काठमाडौं आएपनि उनीहरुले गरेका प्रतिवद्धता पुरा नगरेको गुनासो गर्नुभयो । 

कृष्ण बहादुर जस्ता धेरै मजदुरहरुमध्ये केहिलाई श्रमिक दिवस भन्ने नै जानकारी छैन भने केहि भने मजदुर दिवस मनाउदा दैनिक जिविकोपार्जन गर्न गाह््रो हुने भन्दै आफ्नै काममा व्यस्त देखिएका छन् । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार