एक दल बाहिरिए सरकार ढल्छ, धेरै दम्भ नदेखाऊ–माधव नेपाल

एक दल बाहिरिए सरकार ढल्छ, धेरै दम्भ नदेखाऊ–माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले दम्भ देखाउन नहुने बताउनुभएको छ । 
युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले ६ वटा दलहरु सरकारमा रहेको र कुनै एक पार्टी अलग हुनेबितिकै सरकार अप्ठेरोमा पर्ने भएकाले कुनै पनि दलले दम्भ देखाउन नहुने बताउनुभएको हो । सुदूरपश्चिम प्रदेशमा झण्डै दुर्घटना भएसकेको अवस्थामा प्रधानमन्त्री लचकता देखाएकै कारण आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेको उहाले बताउनुभयो । अध्यक्ष नेपालले सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको धारणा राख्नुभयो । अहिले देश र जनताका लागि काम गरेर देखाउने बेला आएको भन्दै उहाले कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको बताउनुभयो । उहाँले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताउनुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार