उपेन्द्र यादव नेतृत्वको जसपा बिभाजित

उपेन्द्र यादव नेतृत्वको जसपा बिभाजित


काठमाडौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ ।
पार्टी विधि विधान अनुसार चल्न नसकेको भन्दै जसपाका केहि सांसदहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले नयाँ पार्टीको नाम पुरानो दलबाट नेपाल शव्द हटाएर जनता समाजवादी पार्टी राखेका छन् । नयाँ पार्टीको केन्द्रीय समिति अध्यक्षमा अशोक राई रहेका छन् भने संघीय परिषद् अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत छन् । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार