एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन–केपी ओली

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन–केपी ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ । 
सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दावी गर्नुभएको हो । उहाले एमालेलाई सरकारबाट हटाएरदेशमा आतंक मच्चाइएको जिकिर गर्नुभयो ।

एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेलेमात्र बिकास सक्ने उहाले बताउनुभयो । अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताउनुभयो । 
उहाले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा पनि राख्नुभयो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार