चौदण्दीगढी मेयरकप : वडा नं ४ फाइनल प्रवेश

चौदण्दीगढी मेयरकप :  वडा नं ४ फाइनल प्रवेश

अन्जनी कुमार अधिकारी, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी चौथो संस्करणको मेयर कप फुटबलमा वडा नं ४ फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ६ लाई २ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै वडा नं ४ फाइनल प्रवेश गरेको हो । वडा नं ४ लाई जित दिलाउन जर्सी नं ८ का नवल तामाङले खेलको १५ औं मिनेट पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गरेपछि वडा नं. ४ ले सुरुवाती अग्रता लिएको थियो , खेलको ३०औं र ३६ औं मिनेटमा वडा नं. ४ का जर्सी नं. १७ का सागर राइले थप २ गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको दोश्रो हाल्फको ४८औं मिनेटमा  वडा नं ६ का अर्जुन खतिवडाले गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याएका थिए भने दोश्रो हाल्फकै ६८औं वडा नं ४ ले पेनाल्टिको अवसर पाउदा जर्सी नं. १७ का सागर राइले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाइ ४–१ को अवस्थामा पुर्याएका थिए । खेलको अतिरिक्त समयको ७१औं मिनेटमा वडा नं ६ का अनिश बस्नेतले एक गोल गरेका भएपनी जितको लागी प्रयाप्त नहुँदा वडा नं ६ स्तब्ध भएको हो । 
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोश्रो सेमिफाइनल खेल वडा नं १० र वडा नं ७ बीचहुने आयोजक चौदण्डीगढी नगरखेलकुद बिकास समितीले जनाएको छ । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार