नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० शृंखला शनिबारबाट सुरु हुँदै

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० शृंखला शनिबारबाट सुरु हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० शृंखला शनिबारबाट सुरु हुँदैछ । 
नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि निकै उत्साहित रहेको बताए । खेल अघि शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतरचढाव देखिएपनि अवको खेलका लागि सवै खेलाडीहरु सवै तवरले तयार रहेको जनाए । 
त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए । क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसंगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ । 

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी–२० शृंखला खेल्न आतुर रहेको भन्दै नजिता आफ्नो पक्षमा आउने गरि तयारी भएको बताएका थिए । टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ । तेस्रो खेल बैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार