नारायणगढ मुग्लिङ सडक खण्डकमा चारघण्टा सवारी आगमन बन्द हुने

नारायणगढ मुग्लिङ सडक खण्डकमा चारघण्टा सवारी आगमन बन्द हुने

चितवनको नारायणगढ मुग्लिङ सडक खण्डकमा पुल निर्माणका लागि आज देखि दैनिक चारघण्टा सवारी आवागमन रोक्न सुरु गरिएको छ । भौगोलिक रूपमा कठिन ठाउँमा रहेका चिसेन्जी खोला, कालीखोला, सिमलताल, तुइन खोलाका पुल निर्माणका लागि पहाड काट्न पर्ने र काटेर खस्न सक्ने पहाडलाई हटाउने समयको लागि सवारी आवागमन रोक्न थालिएको हो ।

पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने प्रशासनसहितको सरोकारवालाको बैठकले निर्णय गरेको छ । सोहि निर्णय अनुसार काममा अवरोध नहोस् भन्ने उदेश्यले रोकेर काम थालिने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

सो बैठकले कुन सवारी साधनलाई कहाँ रोक्ने भन्ने विषयमा पनि कार्यपालिका बनाईसकेको छ । नारायणगढतर्फबाट जाने साना गाडीलाई १५ किलो बजारदेखि जुगेडीसम्म र ठूला गाडी भने भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छ । काठमाण्डौबाट छुटेका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखराबाट छुटेका गाडीलाई बेनीटारदेखि पावर हाउससम्म रोकिने छ ।

यस्तै, काठमाण्डौबाट छुटेका मालवाहक गाडीलाई लेबाटारमा र पोखराबाट छुटेका मालवाहक गाडीलाई आँबुखैरहनीमा रोकिने छ ।सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार