चितवन राष्टिय निकुञ्जमा पाँच महिनाको अवधीमा ५४ वन्यजन्तु मरे

चितवन राष्टिय निकुञ्जमा पाँच महिनाको अवधीमा ५४ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनाको अवधीमा ३२  चित्तल सहित ५४ वन्यजन्तु मरेका छन् । प्राकृतिक कारण २७ र कुकुरको आक्रमणबाट २१ वटा बन्यजन्तु मरेका निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

बन्यजन्तु एकआपसमा जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई  जनावर मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परि २०, दलदलमा परेर र सडक दुर्घटनामा परि एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेको उहाँले जानकारी दिनुभयो । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेको उहाँले बताउनुभयो । घडीयाल गोही र गौरीगाई तीन÷तीन  प्राकृतिक कारणले मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हात्ती, जरायो, बँदेल, कछुवा दुई÷दुई वटा पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक÷एक वटा मरेका छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न नपाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारी मार्न नसकेको निकुञ्जले उल्लेख गरेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार