धनगढीमा फेरि गोली चल्यो

धनगढीमा फेरि गोली चल्यो

कैलालीको धनगढीमा आज मंगलबार फेरि गोली चलेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज बिहान दुई राउण्ड गोली चलेको हो । गोली लागेर शिवरामनगर टोलका स्थानीय प्रजापति विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घरमा चोरी गर्न आएको समूहले आफुमाथि गोली प्रहार गरेको घाइते विष्टले बताउनुभयो । घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेको उहाँले बताउनुभयो । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूले अर्को राउन्ड फायर गरेको भागेको बताईएको छ । गोली चलाउनेहरूको समूहमा ४ जना रहेको तर उनीहरूको पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताउनुभयो ।

घटनाबारेमा प्रहरीले अनुसन्धान थालेको उहाँले जानकारी दिनुभयो । यसअघि कैलालीकै अत्तरियामा गोली लागेर एक सुनचाँदी व्यापारी घाइते भएको र सो घटनाका बारेमा पनि अनुसन्धान भै रहेको कैलाली प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार