चालक अनुमतिपत्रमा अङ्क प्रणाली रोकियो

चालक अनुमतिपत्रमा अङ्क प्रणाली रोकियो

मकवानपुर । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सुरु गर्न लागेको नयाँ अङ्कभार प्रणाली विवादपछि रोकिएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) मा नयाँ अङ्कभार प्रणाली अर्थात् ७० प्रतिशत अङ्कभारको नयाँ नियम लागू गर्ने निर्णय गरेको थियो । तर मन्त्रालय र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबीचको विवादका कारण आइतबारबाट कार्यान्वयन गर्न लागेको नयाँ अङ्कभार प्रणाली रोकिएको हो ।

प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) मा नयाँ अङ्कभार प्रणाली हाललाई रोकिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि नै निर्णय गरी कार्यान्वयन गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कारण नयाँ अङ्कभार प्रणाली रोकिएको उहाँले बताउनुभयो । यातायात मन्त्रालयले नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन सबै तयारी पूरा गरेकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचार गर्दै तत्काललाई कार्यान्वयन नगर्न भनेको उहाँले जानकारी दिनुभयो ।

मङ्सिर १४ गते ७० प्रतिशतको अङ्कभारको नयाँ प्रणाली कार्यान्वयन गर्न मातहतका यातायात कार्यालयहरूलाई परिपत्र गरेको थियो । यातायात व्यवस्था कार्यालय, चाबहिलबाट सुरु भएपछि अन्य यातायात व्यवस्था कार्यालयमा एक सातापछि क्रमशः यो प्रणाली लागू गर्ने मन्त्रालयले तयारी गरेको थियो । मुख्यमन्त्री कार्यालयको निर्देशनपछि हाललाई नयाँ अङ्कभार प्रणालीको व्यवस्था रोकिएको जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार