धनगढीमा जारी निषेधाज्ञा कायमै

धनगढीमा जारी निषेधाज्ञा कायमै

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो । चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रर्दशन गर्दै आएका छन् ।  प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले टायर बालेर सडक अवरुद्ध गर्न थालेपछि प्रशासनले  निषेधाज्ञा जारी गरेको हो ।

प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने जनाईएको छ । शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ । हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर छात्राको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार