काठमाण्डौ । डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । बुढाले ५ हजार ७ सय २७ मतान्तरसहित विजयी हुनुभएको हो ।
बुढाले ११ हजार दुई सय २५ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहीले भने ५ हजार ४ सय ९८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका अंगद बुढाले ६ सय ६१ मत प्राप्त गर्नुभयो । डोल्पामा २२ हजार ४ सय ४० मतदाता रहेकामा १६ हजार ८ सय १४ मत खसेको थियो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?