मन्त्रालयको गाडी दुर्घटना

मन्त्रालयको गाडी दुर्घटना

सुर्खेतको विरेन्द्रनगर चौकमा मन्त्रालयका सचिव चढेको गाडीको ठक्करबाट दुई जना घाईते भएका छन् । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

विरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा घाईते भएकोे सुर्खेत प्रहरीले जनाएको छ ।

घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार