भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले मापदण्ड विपरीत बनाइएको संरचना हटाउन सूचना जारी गरेको छ । मध्यपुरथिमि नगरपालिका भित्र मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको हो ।
नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरु अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय हटाउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?