मुगुमा माग अनुसारको खाद्यान्न ढुवानी नगर्दा चामलको अभाव हुने संकेत देखिएको छ ।खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाले माग अनुसारको ढुवानी गर्न नसक्दा चामलको अभाव हुने संकेत देखिएको हो । आर्थिक वर्ष २०७८÷०८९ मा ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा चामल अभाव भएको स्थानियले बताएका छन् ।मुगुका नागरिक बजारको महँगो चामल किनेर खान बाध्य भएका छन्।
बजारमा आएको चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य हालेर खान बाध्य भएको उनीहरुको गुनासो छ ।छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा भीड हुने गरेको बताउनुभयो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले चामल लिनेको निकै भीड हुने गरेको उहाँको भनाई छ ।
आर्थिक वर्ष २०७८÷०८९ मा स्वकृत अनुसारको खाद्यान्न ठेक्कादारले सबै खाद्यान्न ढुवानी नगर्दा अहिले गोदाममा ७ सय ५० क्विन्टल चामल मौज्दात रहेको जनाएको छ ।गाडीको तेलको मुल्य वृद्धिले ठेकेदारले पनि चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख पुष्कर भामले बताउनुभयो ।
मुगुको खत्याड, मुगमकामारो गाँउपालिकाको पुलु ,सोरुको सोरु डिपो, कालैको कालै बिक्री केन्द्र रातापानी बिक्री केन्द्रमा खाद्यान्न नहुँदा डिपो र बिक्री केन्द्र खाली छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?